तिर्थराज ज्ञवाली,
सिसहनिया, फागुन ७ । सहनिया उद्योग बाणिज्य संघले उद्योगी ब्यापारीका लागि करसम्वन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता र आन्तरिक कर कार्यालय तुलसीपुरका प्रमुख लिलाप्रसाद शर्माको प्रमुख आथित्थ्यतामा मंगलवार यहाँका व्यापारीलाई उक्त अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।
कर किन तिर्ने र कर नतिर्दा कस्ता समस्या आउन सक्छन् भन्ने बारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो । त्यसक्रमा नियमित कर , आकस्मकि कर, अन्त शुल्क, राजश्व, ब्यापार कर, मदिरा कर, ब्यवसाय अनुसारको कर, भुलचुक कर, छली कर लगाएतका बारेजमा जानकारी दिइएको थियो ।
त्यस्तै कुनैपनि व्यवसायीलाई दैनिक कारोवारमा आइपरेका करका विभिन्न समस्या तथा समाधानका विषयमा करदाता तालिम प्रदान गरिएको सिसहनिया उद्योग बाणिज्य संघका महासचिव इश्वरी अधिकारीले बताए ।
सिसहनिया उद्योग बाणिज्य संघको अभियान अन्तरगत आफ्नो मातहतमा आवद्ध ब्यापारीलाई राज्यको नीति अनुरुप असल कारोवार गर्ने गराउने उदेश्य अनुसार सिसहनिया उद्योग बाणिज्य संघले एक दिने तालिम आयोजना गरेको बाणिज्य संघका सचिव मदन पोख्रेलले बताए ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष पुर्णबहादुर विसीले इमान्दारी पुर्वक ब्यापार गर्नेले आम उपभोक्ताको विश्वास आर्जन गर्नुको साथै राज्यबाट पुरस्कार समेत प्राप्त गर्न सक्ने तर्क गरे ।
आन्तरिक कर कार्यालयका प्रमुख लिलाप्रसाद शर्माले कुनैपनि ब्यापार असल नियतका साथ गर्न तथा असल करदाता बनि पुरस्कृतहुन आग्रह गरेका छन् ।