काठमाडौँ,साउन १९ । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार एक सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ।
बिहीबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार