२०८३ साउन १९ गते मङ्गलवार

शेयर बजार सामान्य घट्यो, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाण्डौ,साउन १७ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३ दशमलव ८१ अङ्कले घटेर दुई हजार एक सय ९३ दशमलव ४३ विन्दुमा झरेको छ ।

आज बैंक, विकास बैंक, होटल, बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ । व्यापार, जलविद्युत्, फाइनान्स, उत्पादन, लघुवित्त र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो सोमवार चार अर्ब ६७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय १७ वटा कम्पनीका ७८ लाख १३ हजार कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज राष्ट्र उत्थान लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । विन्ध्यवासिनी हाइड्रो, साम्लिङ पावर र हिमाल दोलखा जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *