२०८३ भाद्र ३१ गते बुधवार

घट्यो सुन र चाँदीको भाउ

काठमाडौं,साउन १६ । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा झरेको छ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *