२०८२ चैत्र १ गते आइतवार

नेप्से परिसूचक १६ अंकले वृद्धि, २ अर्ब ३० करोडको कारोबार

काठमाडौं,साउन ३ । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १६.२० अंक ९०.८० प्रतिशत० ले बढेर २०४५.६३ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको बजारमा मंगलबार ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ९८ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको १० करोड पाँच लाख र हिमालयन डिस्टिलरीको आठ करोड ४८ लाखको कारोबार भएको छ ।

मंगरबार धेरै मूल्य बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ८.०१ प्रतिशतले वृद्धि गणपति लघुवित्तको सेयरमूल्य ६.९४ प्रतिशतले बढेको छ । यता सिभिल बैंक डिवेञ्चर २०८८ को मूल्य ७.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आइएमई बैंक डिवेञ्चर २०८०/८१ को मूल्य ५.७० प्रतिशतले घटेको छ । सूचीकृत कम्पनीमा तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ३।२६ प्रतिशतले घटेको छ ।

कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै २९ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *