२०८२ बैशाख ११ गते बुधवार

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

काठमाण्डौ,असार ३१ । शेयर बजार आज शुक्रवार झन्डै आठ अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४६ अङ्कमा पुगेको छ ।

आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता शेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो ।

आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *