२०८२ फाल्गुन २१ गते बिहिवार

सुनको भाउ फेरि १ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डौ,असार २३ । सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *