२०८३ असार २७ गते शनिवार

नेप्से अपडेट– साढे १ बजेसम्म ८० अंकले बढ्यो

काठमाडौं,असार १२ । आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा उछाल आएको छ ।

दिउँसो साढे १ बजेसम्ममा नेप्से परिसूचक ८० अंकभन्दा धेरैले उकालो लागेको हो । कारोबार सुरू भएदेखि नै बढ्न थालेको नेप्से अझै बढ्ने संकेत देखाएको छ ।

यतिबेलासम्म नेप्सेमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको ३५ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८० अंकभन्दा बढीको सुधारसँगै अहिलेसम्मको स्थितिमा नेप्से परिसूचक १ हजार ९४३ अंकको बिन्दुमा पुगेको छ ।


अहिलेसम्मको स्थितिमा नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा सुधार आएको छ । जसमध्ये, निर्जीवन बीमा समूह, उत्पादनमूलक समूह र जीवन बीमा समूह ३०० अंक हाराहारीले बढेका छन् ।

यसैगरी, आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *