काठमाण्डौ,असार १० । सुन चाँदीको भाउ आज घटेको छ ।
सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँमा झरेको छ ।
यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार