२०८३ असार २७ गते शनिवार

बियर र रक्सीमा उच्च कर वृद्धि

काठमाडौँ,जेठ १६ । सरकारले मदिरा जन्य वस्तुमा उच्च कर लगाएको छ । संसदमा प्रस्तुत बजेटमा मदिराजन्य पदार्थमा उच्च कर वृद्धि गरिएको हो ।

जसअनुसार बियरमा र वाइनमा प्रतिलिटर ३० रूपैयाँले कर वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर १ सय ९८ रूपैयाँ लाग्दै आएको अन्तःशुल्कमा ३० रूपैयाँले थप गरी २ सय २८ रूपैयाँ पुर्‍याइएको छ । अल्कोहल रहित बियरमा प्रतिलिटर २० रूपैयाँ कर थप गरिएको छ।

अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ७० रूपैयाँमा १० रूपैयाँ थप गरि ८० रूपैयाँ कायम गरिएको छ । ह्विस्कीमा ४८ दशमलव ५ प्रतिशतसम्म अल्कोहल भएकामा प्रतिलिटरमा १ हजार ५ सय ९२ रूपैयाँबाट १ हजार ७ सय ५० रूपैयाँ बनाएको छ । त्यस्तै ४२ दशमलव ८ प्रतिशत अल्कोहल भएको मदिराजन्य पदार्थको हकमा १ हजार १ सय ८८ रूपैयाँबाट बढाएर १ हजार ३ सय ६ रूपैयाँ बनाइएको छ ।

३९ दशमलव ९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १ सय ५ रूपैयाँबाट बढाएर १ हजार २ सय १५ रूपैयाँ बनाएको छ । अन्य मदिराको हकमा १ हजार ५ सय ९२ रूपैयाँ रहेको करलाई बढाएर १ हजार ७ सय ५० रूपैयाँ बनाइएको छ ।

त्यस्तै इनर्जी ड्रिंग्समा समेत उच्च कर वृद्धि गरिएको छ। इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रूपैयाँबाट १४ रूपैयाँले कर बढाएर ५० रूपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *