२०८३ भाद्र ११ गते बिहिवार

सेयर बजार निरन्तर ओरालोतर्फ, ४२ अंकले घट्यो परिसूचक

काठमाडौँ,बैशाख ५ । साताको पहिलो कारोबारको दिन पनि सेयर बजार ४२ अंकले घटेको छ ।

आज बजार ४१.७७ अंकले घटेको हो। साताको पहिलो कारोबारको दिन आइतबार ३० अंकले घटेको परिसूचक दोस्रो दिनको कारोबारमा ४२ अंकले घटेको हो ।

आज २३८५.६४ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३४३.८७ अंकमा ओर्लिएको छ। दोस्रो कारोबारको दिन नेप्से परिसूचक १.७५ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक १.५१ प्रतिशत अर्थात ६.८२ अंकले घटेर ४४४ दशमलव १६ अंकमा ओर्लिएको छ ।

४२ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २९ कम्पनीको सेयर कारोबारमा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रूपैयाँ बराबरको ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर ३१ हजार ८ सय २५ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज सबै समूहको सेयर मूल्य घटेको छ। जसमा फाइनान्स समूह ३।४४ प्रतिशत, जलविद्युत समूह २।९८ प्रतिशत, निर्जीवन बीमा समूह ३.०९ प्रतिशत, होटेल तथा टुरिजम समूह १.६३ प्रतिशत, अन्य समूह २.८६ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह २।०४ प्रतिशतले घटेको छ।

बजार घट्दा आज कारोबार भएका जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यले सर्किट ब्रेक लागेको छ। आजको कारोबारमा नेष्डो २ सय ४८ दशमलव ८० ले बढेर २७२७.७० मा उक्लिएको छ।

अन्य बढी कमाउने कम्पनीमा दिव्यश्वरी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, सिटिजन म्यचुअल फण्ड, कालिका लघुवित्त लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास कम्पनी, इमर्जिङ नेपाल, ग्रीन लाइफ हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी रहेका छन्।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *