२०८३ असोज २८ गते बुधवार

भारतमा ५५९१ मेगावाट विद्युत् अभाव

काठमाडौं,चैत २८ । भारतमा चरम गर्मी, कोभिड–१९ पछि उद्योगहरुमा भएको पुनरुत्थानका कारण देशभर ऊर्जाको संकट भएको छ ।

तापीय विद्युत् गृहमा तेलको मौज्दात घटेकाले आगामी साताहरुमा बिजुली आपूर्ति बन्द हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार विगत केही सातादेखि अस्थायी रुपमा आपूर्ति अवरुद्ध भएका राज्यहरुमा आन्ध्र प्रदेश, मध्य प्रदेश, बिहार, झारखण्ड, पञ्जाब, हरियाणा, राजस्थान, तेलंगाना र उत्तर प्रदेश छन् ।

महाराष्ट्र, गुजराज र तामिल नाडुजस्तो औद्योगिक राज्यहरु सरकारद्वारा सञ्चालित उत्पादन कम्पनीहरुको महँगो बिजुली र स्पट मार्केट ९बजार० बाट अल्पकालीन रुपमा खरिद गर्ने अनुमति दिएर लोडसेडिङबाट बच्न कडा मेहेनत गरिरहेका छन् ।

गत बिहीबार (७ अप्रिल) भारतभर ८ करोड युनिट बिजुली अभाव भएको उक्त पत्रिकाले लेखेको छ । गत अक्टोबर १२, २०२१ मा भारतभर ८ करोड २० लाख युनिट अभाव थियो, जसलाई सबैभन्दा उच्च अभाव मानिएको थियो र गत मार्चमा मात्र दैनिक औसत एक करोड ९७ लाख युनिट अभाव चुलिन पुग्यो ।

अप्रिल ७ मा पिक आवर ९उच्चतम खपत हुने समय० मा ६ हजार एक सय २४ मेगावाट बिजुली अभाव भएको भारतीय अखबारले उल्लेख गरेका छन् । ‘यो अभाव हालको ५ हजार ५ सय ९१ मेगावाट ९गत अक्टोबर १२० भन्दा पनि बढी थियो,’ दि इण्डियन एक्सप्रेसले लेखेको छ ।

आयातीत कोइला र ग्यासको उच्च मूल्य कायम भएकाले घरेलु आपूर्तिकर्ताहरुमा दबाब परेको भारतको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारले बताए । उनले विद्युत् गृहहरुमा कोइलाको मौज्दातको वर्तमान स्तर ९२ करोड ४५ लाख टन० खपतको वर्तमान स्तरमा १२ दिनको लागि मात्र पर्याप्त हुने बताए ।

केन्द्र ऊर्जा सचिव कुमारले अल्पवधिमा लजिस्टिक डिजाइनमा परिवर्तन गर्न ‘लगभग असम्भव’ भएको बताउँदै ठूलो विद्युत् संकटबाट बच्न सरकारले चालेका कदमको सूची देखाए ।

‘घरेलु कोइला उत्पादन र छोटो अवधिका लागि रेलवेद्वारा ढुवानी अधिकतम सम्भव स्तरमा बढाइएको छ,’ उनले भने, ‘हामीले एनटीपीसी र डीभीसीजस्ता केन्द्रको स्वामित्वमा रहेका राज्यहरु र पावर कम्पनीहरुलाई कोइला आयात गर्न पनि सल्लाह दिएका छौं र यो हुन पनि थालेको छ । हाम्रा युटिलिटीहरुले आगामी जूनसम्म ९० लाख टन कोइला आयात गर्नेछन् ।’

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *