
दाङ, माघ ७ । दाङमा एक करोडको लगानीमा पाल्पा भैरव एण्ड सन्स सूनचाँदी उद्योग संचालनमा आएको छ । घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित सहित उमेश मार्गमा उद्योग सोमबार देखि संचालनमा आएको हो । उद्योगको नेपाल उद्योग वाणीज्य महासंका केन्द्रिय सदस्य धुव्रराज भारीले उद्घाटन गरेका थिए ।
उद्योग संचालक धुव्रकुमार गहतराजको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथी भारीले ग्राहकलाई सूनमा शुद्धता दिन आग्रह गरे । व्यापारीले उद्योग संचालन गर्दा ढुक्क भएर लगानी गर्ने अबस्था नरहेको भन्दै सरकारले लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकंिशङ बुढाथोकी लगाएतले बोलेका थिए । उद्योग संचालक निरन्जन गहतराजको स्वागत मन्त्वय बाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार जनक नेपालीले गरेका थिए ।