२०८३ भाद्र १० गते बुधवार

सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढ्यो

काठमाण्डौ,पुस २ । सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ । यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ ।

मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ ।

हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ ।

हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *