२०८२ चैत्र ३ गते मङ्गलवार

नेप्सेको ओरालो यात्रा रोकिएन, आज साढे २१ अङ्कले घट्यो

काठमाण्डौ,मंसिर १३ । शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि घटेको छ । हिजो ८० अङ्कले घटेको नेप्से आज २१ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज विकास बैंक, उत्पादन, बीमा र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ कम्पनीका ८२ लाख २५ हजार कित्ता शेयर चार अर्ब ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले तथा चन्द्रागिरि हिल्स र महालक्ष्मी विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *