२०८३ असार २७ गते शनिवार

सांग्रिला डेभलपमेन्ट बैंक लि.को शाखा दाङको नारायणपुरमा पनि


दाङ,कार्तिक २९ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारायणपुरमा आफ्नो १ सय ४ औं शाखा सोमवार देखी शुभारम्भ गरेको छ ।
दाङको घोराहि तुलसीपुर , लमही र भालुवाङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेकोमा दाङ बासिको माया र विश्वासलाइ सम्मान गर्दै अझ सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नारायणपुरमा शाखा बिस्तार गरिएको बैकको क्षेत्रिय कार्यालय नेपालगंञ्जका क्षेत्रिय प्रवन्धक जयन्द्र बहादुर खडकाले वताए । क्षेत्रिय प्रबन्धक जयन्द्र बहादुर खड्का, क्षेत्रिय ईन्चार्ज जीवन कुमार डिसी, स्थानिय नागरिक,व्यापारी व्यवसायी, बैकका कर्मचारी लगायतले संयुक्त रुपमा कारोवार गरी शाखाको शुभारम्भ गरिएको नारायणपुर शाखा प्रमुख टेकराज रिजालले जानकारी दिए।
बैकको नारायणपुर शाखावाट विभिन्न कर्जा सुविधा, वचत, रेमिट्यान्स, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डि म्याट खाता लगायतका सुविधा प्रदान गरिने छ । आज पहिलो दिन बैकमा ५ सय वढी खाता खुलेको, १ करोड ५० लाख रकम डिपोजिट हुनुका साथै ५ करोड ५० लाख कर्जा लगानि गरिएको शाखा प्रमुख रिजालले वताए ।
काठमाण्डौको बालुवाटारमा केन्द्रिय कार्यालय रहेको बैकले देशका विभिन्न ठाँउमा १ सय ४ वटा शाखा सञ्चालन गरि आम नागरिक लाई बैकिङ सेवा प्रदान गर्दै आएको छ भने विभिन्न समयमा सामाजिक कार्य पनि गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *