काठमाडौं,असार १६ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार र तेजाबी प्रतितोला ८९ हजार ५५० रुपैयाँमा किचबेच भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलाको ९० हजार ६ सय र तेजाबी सुन ९० हजार १०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।
हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार