२०८३ जेष्ठ २२ गते शुक्रवार

नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दूमा,कारोबारमा नयाँ रेकर्ड

काठमाडौं, मंसिर ११ । बिहीबार सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो।

कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

२०१ कम्पनीको सेयर किनबेच भएको छ। यसअघि ६ अर्ब ९० करोड रुपैयाँको कारोबार रेकर्ड कायम थियो।

आज दिउँसो १२ बजेर १४ मिनेट जाँदा परिसूचक १ हजार ९२६ अंकसम्म पुगेको थियो। त्यसपछि बजार मन्द गतिमा ओरालो लागेको हो।

मार्केट डेप्थ हेर्दा अधिकांश कम्पनीहरुमा विक्रेताको चाप बढेको छ। जसले गर्दा केही दिन बजार करेक्सन हुन सक्ने संभावना समेत देखिन्छ।

बैंकिङ समूहको दवावले नै यस दिन समग्र परिसूचक उकालो लागेको हो। अधिकांश समूह ओरालो लाग्दा बैंकिङ समूह ३७ अंकले बढेको छ।

त्यस्तै जलविद्युत ६, अन्य १५ अंकले बढेको छ। उत्पादन समूह १ अंकमुनि हरियो रह्यो।

ब्यापार १३०, होटल ४३, विकास बैंक ८, फाइनान्स ५, निर्जीवन बीमा समूह १६५, माइक्रोफाइनान्स १६, जीवन बीमा समूह १३४ अंकले ओरालो लागेका छन्।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ। सो कम्पनीको ५८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको नविल बैंकको ३८ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो।

शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेपाल बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

यस दिन एनएमबि म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास, आँखुखोला जलविद्युतको मूल्य साढे ९ प्रतिशत धेरैले बढेको छ।

त्यस्तै नविल बैंकको मूल्य ८।८ प्रतिशतले बढेको छ। कुमारी बैंकको ६।५, नेपाल बंगलादेश बैंकको ५।६ प्रतिशतले मूल्य बढेको छ।

साल्ट ट्रेडिङको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। ङादी ग्रुप पावरका ५। ८८ प्रतिशतले घटेको छ भने बोटलर्स नेपाल ९तराई०को मूल्य साढे ५।६ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *