काठमाण्डौ,मंसिर ७ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।
चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
