२०८३ जेष्ठ २७ गते बुधवार

सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो

काठमाण्डौ,कात्तिक २१ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।

एक हजार बढेको सुनको भाउ आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *