
घोराही, कात्तिक १७ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमीटेड एक भएका छन् । घोराहीमा केन्द्रिय कार्यालय रहेर सेवा प्रवाह गरिरहेको महिला सामुदायिक र पोखरा कास्कीमा केन्द्रिय कार्यालय रहेको जाल्पा बीच मर्जर भएको हो ।
नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको मर्जरको स्वीकृति पत्र आइतवार प्रदान गरेको छ । मर्जरसँगै लघुवित्तको नाम जाल्पा सामुदायिक सघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ । अब मर्जरसँगै ‘घ’ वर्गको राष्ट्रिय स्तरको कारोबार हुने छ । मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा र क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने भएको छ ।
महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक विमला योगीले मर्जरसँगै ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह हुने र ऋण रकम ३ अर्ब २२ करोड र बचत २ अर्ब रहेको जानकारी दिइन ।
