काठमाण्डौ,असोज ३० । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।
सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।
चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
