२०७८ बैशाख ३१ गते शुक्रवार

दाङबाट अनलाइन शपिंग सुरु


साउन ३२ । दाङबाट अनलाइन शपिंग सुरु गरिएको छ । बिगत ५ वर्षदेखी अस्ट्रेलियामा बस्दै आएका दाङ तुलसीपुरका नारायण बस्नेतले अनलाइन शपिंग सुरु गरेका छन । सुरुवाती चरणमा आइ बाइ (ibuy)नामबाट सामाजिक संजाल फेसबुकको पेज मार्फत अनलाइन शपिंग सुरु गरिएको बताए । अनलाइन अर्डरका समानहरु आकर्षक गुणस्तरका साथै समानहरु सस्तो मुल्यमा उपलब्ध हुने बस्नेतले बताएका छन ।

दाङमा कार्यलय रहने गरि एक हप्ता अघिदेखि सुरु गरिएको आइ बाइ मार्फत जुत्ता चप्पल, फेन्सी, कस्मेटिकका समानहरु अनलाइनबाट बिक्रि भैरहेको बताएका छन। अनलाइ शपिंग करिब ४ लाखको लगानीमा सुरु गरिएको बताए । अनलाइन बाट सामान अर्डर गरेपछि घर सम्म पुर्याउने सुबिधा रहेको बताए । ४ जनालाई रोजगारी दिएका बस्नेतले अहिले दाङलाइ केन्द्रित भएर शपिंग सुरु गरिएको र पछी देशव्यापी सुरु गरिने बताएका छन ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *