काठमाण्डौ,साउन २६ । सुनको भाउ सोमवार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
सुन सोमवार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार