
दाङ, साउन १७ । नेपाल आयल निमगले इन्धनको मूल्य फेरि बढाएको छ ।शनिवार मध्य रातिदेखि लागु हुने गरि प्रतिलिटर २ रुपैंयाका दरले मूल्य बढाएको निगले विज्ञप्ति मार्पmत जानकारी दिएको छ । पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैंया मूल्य बढाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिएका छन् ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैंया पुर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको हुँदा त्यसले असर नेपालमा पनि परेको निगमले जनाएको छ । यो पछिल्लो मूल्य समायोजन गरेपनि निगमलाई अझैं पेट्रोलमा १ रुपैंया २३ पैंसा र डिजेलमा १ रुपैंया १५ पैसा घाटा नै रहेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ ।
प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार