२०८१ चैत्र ९ गते शनिवार

साउन १५ देखि होटेल तथा रेष्टुराँपनि खुल्ने

दाङ,साउन ६ । सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ।ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

मंगलवार सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सुरक्षा मापदण्ड अपनाएर होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय भएको बताए । तर उनले होटल तथा रेष्टुराँमा सभा सम्मेलन गर्न भने नपाइने बताए ।

सरकारले भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । भदौदेखि नै खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि सञ्चालन गर्न पाइने भएको छ।

सरकार अझैं के–के मा प्रतिवन्ध लगाएको छ ? प्रबक्ता ज्ञवालीका अनुसार ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने पाइने छैन ।सिनेहल, जिमखाना, धार्मिकस्थल, चिडियाखाना, शैलुन, ब्युटीपार्लर,स्वीमिङ पुलहरु पनि सञ्चालन गर्न नपाइने भएको छ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *