२०८१ फाल्गुन ६ गते मङ्गलवार

कलश सहकारीले युवालाई १० प्रतिसत ऋण दिने

दाङ,साउन ५ । दाङ घोराहीको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवाहरुका लागि १० प्रतिशतमा युवा स्वरोजगार ऋण दिने निर्णय गरेको छ । ब्यवसाय सञ्चालन गर्न चाहने युवाहरुका लागि सहुलियत दरमा ब्यवासायिक ऋण उपलब्ध गराउने निर्णय गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।

स्वदेशमै केहि गर्न चाहने आफ्ना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्राप्त गर्नका लागि सहज प्रक्रिया समेत अपनाएको छ । संस्थाले शेयर सदस्यहरुको बचतमा उच्चतम ब्याज प्रदान गर्ने निर्णय समेत पारित गरेको छ । गत चैत्र ११ देखि असार मसान्तसम्मको लकडाउनको अवधिलाई मध्यनजर गर्दै शेयर सदस्यहरुले लिएको ऋणमा करिव १० लाख रुपैंया ब्याज तथा हर्जाना छुट दिने बैठकले निर्णय गरेको छ ।

गत आर्थिक बर्ष २०७६÷२०७७ मा संस्थाले कुल ४६ लाख ३० हजार रुपैंया मुनाफा गरेको छ । संस्थाले शैक्षिक प्रमाण पत्र धितो राखेर वेरोजगार युवाहरुलाई शैक्षिक कर्जा उपलव्ध गराउने, पेन्सन बचत, उपदान बचत, दोब्बर भुक्तानि बाल बचत लगायतका लोकप्रिय बचत कार्यव्रmमहरुको संचालन गर्दै आएको छ । संस्थाको बैठकले ऋणमा लिने ब्याजदर घटाएर अधिकतम १४ प्रतिशतमा सिमिति गर्ने र बिभिन्न राहतमूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *