२०८१ माघ १२ गते शनिवार

सुनको मूल्य पुग्यो तोलाको ९२ हजार ३ सय रुपैयाँ

काठमाडौं, असार २९ ।  सोमबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ।

यो अघिल्लो दिनको तुलनामा २ सयले बढी हो। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *