असार २४ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गएको असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार