असार १५ । आजदेखि शेयर बजार खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागिएको बताएका छन । बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको बोर्डका प्रवक्ता नीरज गिरीले बताएका छन ।
बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड– १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ ।यस्तै धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय खोलेको पाइएमा त्यस्ता संस्थामाथि कारवाही गरिने बोर्डले चेतावनी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार