नन्दराम खड्का,
होलेरी,जेठ १४ । कामना सेवा बिकास बैंक शाखा कार्यालय होलेरीले हप्तामा ६ दिन नै सेवा प्रवाह गर्न थालेको छ । यसअघि उस्ले हप्तामा दुई दिन मात्रै सेवा दिने गरेको थियो । निश्चित समयमा मात्र खोलिदा बैंक अगाडि भिडभाड हुने गरेको थियो । सेवाग्राही सामाजिक दुरी समेत कायम नगरी टण्टालापुर घाममा भुइमै बसेर पालो कुरिरहेका हुन्थे। तर बैंकले हप्तामा ६ दिन नै सेवा दिन शुरु गरेपछि पहिलेको भन्दा भिड्भाड व्यवस्थापन गर्न सहज भएको बैंकका कर्मचारीले दाबी गरे ।
हप्तामा दुई दिन मात्रै खोल्दा व्यापक भिडभाड हुन थालेपछि त्यो रोक्न , छिटोछरितो र शुरक्षित सेवाको लागि हप्तामा ६ दिन नै बैंक खोल्न थालिएको बैंकका म्यानेजर सुनिल आचार्यले बताए ।सातामा ६ दिन नै बैंक खोलिएपछि सेवाग्राहीहरु पनि खुसी भएको उनले जानकारी दिए । अत्यावश्यक काम परेपछि मात्रै बैंक आउन र सामाजिक दुरी कायम राखेर मात्रै काम गर्न आफुलहरुले आग्रह गर्दै आएको उनले बताए ।