२०८२ माघ २९ गते बिहिवार

कलश सहकारीले सदस्यलाई १० हजारसम्म सहुलियत कर्जा दिने

फाइल फोटो

हेमराज शर्मा,
घोराही, बैशाख ७ । दाङको घोराहीको कलश बचत तथा ऋण सहकारी संस्थाले अप्ठेरोमा परेका आफ्ना सदस्यहरुलाई राहात प्रदान गर्ने भएको छ । उस्ले सहुलेतमा कर्जा समेत दिने भएको छ । लामो लकडाउनका कारणले गर्दा समस्यामा परेका आफ्ना सदस्यहरु पहिचान गरी १५ दिनसम्म पुग्ने खाद्यान्य उपलव्ध गराउने उस्ले निर्णय गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण छाक टार्न समस्या परेका सदस्यहरुको पहिचान गरी ५ जना सम्मको परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न दिने निर्णय गरेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।

यसैगरी रकम सकिएर खर्च धान्न मुस्किल पर्ने अवस्था सिर्जना भएका सदस्यहरुलाई १० हजार रुपैंया आपतकालिन सहुलियत कर्जा तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । कर्जा वापत लिइने उक्त रकम संस्था खुलेको १५ दिनभित्र चुक्ता गर्ने ब्यवस्था गरिएको अध्यक्ष शर्माले बताए ।

भिडियो कन्फ्रेन्स मार्फत आइतवार बसेको बैठकले गत चैत्र १२ गतेपछि सदस्यहरुले संस्थामा बुझाउनुपर्ने कुनैपनि रकममा जरिवाना नलिने भएको छ । त्यस्तै कसैले बुझाउन आएमा बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम छुट दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *