२०८२ माघ ४ गते आइतवार

सेनिटाइजरमा कालोबजारी भएको गुनासो

सन्तोष शर्मा,
तुलसीपुर, चैत २५ । कोरोना भाइरसले निम्त्याएको महामारीको मौका छोप्दै केही औषधी व्यावसायी कम्पनिहरुले सेनिटाइजरमा कालोबजारी गरेको गुनासो आएको छ । कोरोना भाइरसवाट जोगिन अति आवश्यक मानिने सेनिटाइजरको अहिले सबैभन्दा धेरै माग छ।
तर त्यसैको मुल्यमा केही यता आफुखुसी मुल्य निर्धारण गरेर विक्रि गरेको भन्दै आयुर्वेद औषधी व्यावसायी संघ प्रदेश ५ का अध्यक्ष देबु बस्नेतले त्यसको विरोध गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा पनि कालोबजारीको विरोध गरेका छन् ।

औषधी ब्यबस्था बिभागले तोकेको मुल्यसुची भन्दा महंगोमा विक्रि गरिएको बस्नेतले बताएका छन् । जस्को ५० एमएलसम्म अधिक्तम ५० रुपैंया, १०० एमएलको अधिक्तम १४५ रुपैंया कायम गरिएको छ ।

तर उपदेश हर्बलले १०० एमएलको २०० र २०० एमएलको को ४०० रुपैंयामा विक्रि गर्दै आएको छ । त्यस्तै औरा कम्पनीको १३० एमएलको २१० र भास्कर कम्पनिले १५० एमएललाई २३० रुपैंयामा बिक्रि गर्दै आएको पाइएको छ ।

त्यसैले आयुर्वेद संघका प्रदेश अध्यक्ष बस्नेतले ती कम्पनीलाई प्रचलित मुल्य भन्दा बढी मुल्य लिएर हुँदै आएको विक्रि रोक्न आग्रह गरेका छन् । सेनिटाइजरमा खुलेयाम कालोबजारी हुँदापनि सरोकारवाला निकाए मौन बसेको हुँदा उनले सम्बिधत पक्षको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *