२०८१ बैशाख ७ गते शुक्रवार

डिजेल-पेट्रोलको भाउ १० रुपैयाले घट्यो

चैत १९ । नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *