२०७८ असार ९ गते बुधवार

घट्याे सुनकाे भाउ

काठमाण्डाै,फागुन १३ । लगातार बढिरहेको सुनको भाउ मङ्गलबार ताेलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ८० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको थियो ।

मङ्गलबार चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको नाै सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *