२०८३ असार ७ गते आइतवार

सुन तोलाको कति पुग्यो?आइतबार कतिमा हुँदैछ कारोबार ?


दाङ,असार ७ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो ।

यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो । शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार बढेर तोलाको २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेको थियो । शुक्रबार तोलाको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ६९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *