२०८३ असार ३ गते बुधवार

युवतिलाईअश्लिल गाली गर्दै चक्कु प्रहार गर्न खोज्ने भमकेका रमेश पक्राउ

तुलसीपुर, असार ३  ।

सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –२ भमकेका  २४ बर्षीय रमेश ठाडा मगर छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार भिडियोमा एक युवति माथि चक्कु देखाउँदै आक्रमणको प्रयास गरि रहेको देखिएपछि उनलार्य मंगलबार राति नै घरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार भिडियो मगरको घरको नजिक बाँसघारीमा गत चैतको महिनामा बनाएको तथ्य खुल्न आएको डिएसपी पराजुलीले जानकारी दिए ।

भिडियोमा तुलसीपुर – ६ की २१ बर्षीया एक युवती माथि रमेशले छाडा गाली गलौज गर्दै चक्कु प्रहार गरेको तथा युवती रुँदै ‘अब गर्दिन’ भन्दै आक्रमण नगर्न अनुरोध गरिरहेको दृश्य देखिएको छ ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *