२०८३ जेष्ठ ३१ गते आइतवार

रोल्पाका स्थानीय नेता विश्वलाई रिहाइ गर्न सर्बोच्चको आदेश

काठमाडौँ, साउन १० । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै शुक्रबार रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

रिट निवेदनमाथि शुक्रबार भएको बहसमा माननीय न्यायधिस इश्वर प्रसाद खतिवडा र डम्बर बहादुर साहीको संयुक्त इजलासले लाल बहादुर ओली अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो । प्रवृत्त धारणा राखी गैर कानुनी तवरले थुनामा राखेको भन्दै सर्बोच्चले थुनामुक्त गर्न आदेश दिएको छ ।

गंगादेव गाउँपालिका -३ रोल्पाका स्थायी बासिन्दा विश्वका दाजु चुडामणि ओली ‘आदर्श’ यसअघिनै रिहाइ भैरकेका छन् ।
विश्वसहित ३ जना नेतालाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गाडीबाट गिरफ्तार गरिएको थियो ।

४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *