२०८३ जेष्ठ २३ गते शनिवार

मृत्युको पर्खाइ नामक टिकटक आइडी चलाउने १६ बर्षीया रियाको सर्पदंशका कारण मृत्यु


दाङ, जेठ २३ ।
‘वइटिङ फर डेथ’ अर्थात ‘मृत्युको पर्खाइ’ नामको टिकटक आइडी चलाउँदै आएकी १६ बर्षीया एक किशोरीको सर्पदंशवाट मृत्यु भएको छ । यो घटना कपिलवस्तु नगरपालिका–१ मालटोलको हो । स्थानीय १६ वर्षीया रिया बर्माको बुधबार मध्य राति विषालु सर्प गोमनको टोकाइबाट मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए ।
रिया उषा बर्मा परिवारको एक्ली सन्तान रहेको प्रहरी निरीक्षक कँवरले बताए ।
रियाले तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट यही बर्ष एसइई उत्तीर्ण गरेकी थिइन । उनी कक्षा ११ मा अध्ययनको तयारी गरि रहेकी थिइन । तर, दुभाग्र्य उनको घर भित्र सुतेको समयमा जेठ २१ ग्ते राति १२ बजेतिर बिषालु सर्प गोमनले बाँया खुट्टामा डसेपछि मृत्यु भएको प्रहरी निरीक्षक कँवरले जानकारी दिए ।

रियालाई गोमनले डसेको कुरा बुधबार राति १२ ः १० मा परिवारले थाहाँ पाएका थिए । घरमा सुतिरहेकी रियालाई सर्पले खुट्टामा डसेपछि अभिभावकले तत्काल उनलाई १२ ः३५ मा कपिलवस्तु अस्पताल पुर्‍याएका थिए । त्यहाँको प्रारम्भीक चरणको उपचार पछि थप उपचारका लागि रियालाई गोरुसिङ्गेस्थित सर्प दंश उपचार केन्द्रमा पुर्‍याइएको थियो । त्यहाँस्थित उपचार केन्द्रमा पुर्‍याउनासाथ चिकित्सकले १ ः५० मा रियालाई मृत घोषणा गरेका थिए ।
सामाजिक सञ्जाल टिकटकमा ‘वइटिङ फर डेथ’ अर्थात ‘मृत्युको पर्खाइ’ नामको आइडी बाट चिरपरिचित रियाको मृत्यु अस्वभाविक रुपमा सर्पदंशका कारण हुनु एउटा संयोग जस्तै मानिएको छ ।
‘मृत्युको पर्खाइ’ नामको टिकटक आइडी चलाउने रियाको मृत्युको घटना प्रति धेरैले आश्चर्य ब्यक्त गरेका छन् ।
प्रहरीका अनुसार पोस्टमार्टम प्रक्रिया पूरा गरी रियाको शव बिहीबार नै परिवारलाई बुझाइएको थियो । परिवारले आफ्नो जातिय परम्पराअनुसार बिहीबार नै उनको अन्तेष्टि गरेका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *