२०८३ जेष्ठ १६ गते शनिवार

अछाममा जिप दुर्घटना २ जनाको मृत्यु, ३ जना घाइते


दाङ, जेठ १६ ।
अछाममा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परि मकवानपुर, हेटौँडा उपमहानगरपालिकाका ४१ बर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका –५ का ४५ बर्षीय रामप्रकाश थारूको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा शनिबार बिहान साढे ५ बजेतिर मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
दुर्घटनामा परि सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ बर्षीय सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका–४ का अर्जुनकुमार पौडेल र जिप चालक बाँकेको नेपालगञ्ज उपमहागरपालिका –५का २८ बर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता घाइते भएका छन् । घाइते मध्य पौडेलको अवस्था मध्यम र अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।उनीहरुको उपचार जारी छ ।
दार्चुलादेखि जुम्ला तर्फ जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार बेलुकी पौने ७ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
मध्यपहाडी लोकमार्ग अन्तगर्त अछामको पञ्चदेवल विनायक नगरपालिका – ४ थापामोडबाट जिप तल खसेको थियो ।
बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरि सुरुमा दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्‍याएको थियो । दैलेखमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *