अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई आजीवन निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था
दाङ, जेठ १५ ।
सरकारले मुलका ठूला सहररुमा फुटबलका १० र क्रिकेटका ८ वटा आधुनिक रंगशाला निर्माण गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै ८ हजार दर्शक क्षमताका १० वटा फ्लडलाइटसहितका फुटबल रंगशाला र
प्रमुख ८ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने बताए ।
विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा दुई हजार क्षमताको इन्डोर बहुउदेश्य रंगशाला आगामी तीन वर्षभित्र निर्माण गरिने भएको छ ।
मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालाकी फाप्लाको निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने भएको छ।
खेलकुदमा विशेष रुची भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तयदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउने घोषणा अर्थमन्त्री वाग्लेले गरेका हुन । त्यस्तै
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवनका लागि आजीवन निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने भएको छ ।
सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद र मधेशमा प्रस्तावित ११औंं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताएका हुन ।
आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट छुट्याइएको छ ।
