२०८३ जेष्ठ ७ गते बिहिवार

लोकप्रियताबादको आवरणमा यो सरकार अधिनायकबाद तर्फ अग्रसर छ – शंकर पोखरेल


तुलसीपुर, जेठ ७ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकप्रियताबादको आवरणमा सरकार अधिनायकबाद तर्फ अग्रसर रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले त्यस्तो बताएका हुन ।
उनले नेपालमा पनि पञ्चायतका बिरुद्ध संघर्ष गर्दै बिद्यार्थीले स्ववियूको अधिकार बिद्यार्थी संगठनहरु स्थापित भएर पञ्चायतका बिरुद्धको संघर्षले ट्रेड युनियनका नयाँ आधार प्राप्त गरेको बताए । आज तिनै संगठनहरु माथि अहिलेको सरकारले प्रतिबन्ध लगाएको भन्दै उनले बिरोध गरे । नेपालमा ट्रेड यूनियन लोकतन्त्रको प्रतिफलका रुपमा रहेको र ट्रेड यूनियन विश्व ब्यबस्थाको बिरुद्धमा रहेको भन्दै उनले यूएन जन्मिुनु भन्दा पहिलै आइएलओ (मजदुर आन्दोलन) तथा ट्रेड यूनियनको जन्म भएको बताए ।
‘ तर आज जनताको सरकार भन्ने सरकारले ट्रेड यूनियन माथि बन्देज लगाइ राखेको छ,’ पोखरेलले भने ‘ तपाँइ हामी यी सबै घटना बाट भन्न सक्द छौं – लोकप्रियताबादको आवरणमा यो सरकार अधिनायकबाद तर्फ अग्रसर छ ।’
लामो संघर्ष बाट स्थापित गरेको लोकतन्त्र नयाँ जनादेशको नाममा अपहरित हुँदै गरेको उनले दाबी गरे ।
सरकारले पुराना राजनीतिक नियुक्तीहरु बदर गरि सकेपछि ‘जान्नेलाई छान्ने भन्दै थिए’ अहिले उनीहरुले कुनैपनि प्रतिष्पर्धाको प्रक्रिया बिना छानेका केही नियुक्तीहरु भूतपूर्व सेनाका अधिकृतहरु रहेको पोखरेलले बताए ।
‘अर्थात नागरिक सत्ता अब नेपाली सेनाका भूतपूर्व जर्नेलहरुको सत्तामा बदल्ने खालको योजनामा यो सरकार हिडी राख्या देखिन्छ ,’ उनले भने ‘ एकातिर भन्ने निजामति प्रशासनका लागि कुलिङ पिरियड चाहिन्छ भनेर भन्ने र अर्कौै तर्फ फाष्ट ट्रयाकबाट नेपाली सेनाका भूतपूर्व रिटायर्डहरुलाई धमाधम राजनीतिक नियुक्ती दिलाउने । यस्ले के संकेत गर्दछ ?’
नेपाली समाजले यसबारे बिमर्ष र बिबेचना गर्न जरुरी रहेको उनले बताए ।
प्रेस चौतारी नेपाल दाङकी अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला सदस्य अरुण नेपालीले स्वागत गरेका थिए भने सहजीकरण तुलसीपुर अध्यक्ष वशन्त परियारले गरेका थिए ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *