
दाङ, साउन ८ । चेक जाँचका क्रममा पक्राउ परेका मोटरसाईकल लिन कोही नआएको प्रहरीले बताएको छ । वडा प्रहरी कार्यालय गढवाले चेकजाँचका क्रममा फेला परेका दुई वटा २२० सिसीका पल्सर मोटरसाईलक लिन कोही नआएको प्रहरीले बताएको छ ।
रा २ प ४१९६ नम्वर र लु ३८ प ४५७३ नम्वरको २२० सिसीको मोटरसाईलक लिन कोही नआएको भन्दै प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले सम्वन्धित गाडि धनिलाई आवश्यक काजग पत्रका साथ आएर लैजान आग्रह पनि गरेको छ । प्रहरीले ती मोटरसाईकल चोरीका हुन सक्ने आशंका गरेको छ ।
प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार