२०८३ बैशाख २८ गते सोमवार

सर्बौच्चको आदेश तत्काल स्ववियु संरचना खारेज नगर्नु

दाङ, वैशाख २८ ।
सर्बौच्च अदालतले विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचना तत्काल खारेज नगर्न भन्दै अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सोमबार दुवै पक्षको छलफल सुनेर अर्कौ आदेश नगरून्जेल सम्मलाई सकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
स्ववियुको संरचना खारेज गर्ने सरकारी निर्णयको बिरोधमा आठ विद्यार्थी संगठनले रिट दायर गरेका थिए ।
सर्बौच्चले त्यसबारे लिखित जबाफ दिन सरकारलाई आदेश गरेको छ। बिद्यार्थी संगठनहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *