तुलसीपुर , बैशाख २६ ।
दाङको राजपुरमा बञ्चरो प्रहार बाट एक जनाको हत्या भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका – ४ का ५६ बर्षीय भोला यादव माथि सन्तपुरुवा गाउँका स्थानीय २३ बर्षीय इच्छाकुमार रैदासले टाउकोमा बञ्चरो प्रहार गरि हत्या गरेका हुन । रैदासले दिउँसो पौने २ बजेतिर टाउकोमा बञ्चरो प्रहार गर्दा यादबको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।
स्थानीय रामजानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको बिषयलाई लिएर भएको विवादका क्रममा रैदाले यादब माथि बञ्चरो प्रहार गरेका थिए । हत्या आरोपी रैदास फरार रहेको तथा खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी बोहराले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार