२०८३ बैशाख २५ गते शुक्रवार

तुलसीपुरमा खुल्यो, लमिनारको एम्पोरियो टायलको शोरुम

तुलसीपुर, बैशाख २५ ।
दाङको तुलसीपुर बजारमा नयाँ एम्पोरियो टायलको ब्राण्ड मानिने लमिनारको डिलर शोरुम सञ्चालनमा आएको छ ।
लुम्बिनी सेरामिक्सका भाइस प्रेसिडेन्ट गौरव बस्नेत र सिद्धार्थ मार्बल हाउस प्रालिका निर्देशक रामबहादुर खड्काले शोरुमको शुक्रबार उद्घाटन गरेका हुन ।
तुलसीपुरस्थित लमिनार टायरको शोरुम सिद्धार्थ मार्बल हाउस प्रालि सँगको सहकार्यमा सुरु गरिएको हो ।
लुम्बिनी सेरामिक्सका भाइस प्रेसिडेन्ट गौरव बस्नेतले तुलसीपुर दाङको ठूलो संभावना बोकेको बजार भएको हुँदा लमिनार टायलको शोरुम खोल्न पाउँदा खुसी लागेको बताए ।
उनले तुलसीपुरलाई एक बिस्तार हुँदै गएको बजारको रुपमा अथ्र्याउँदै शोरुम बाट दाङसहित आसपासका जिल्लाहरुमा गुणस्तरीय सामग्रीको पहुँच क्रमशः पुर्‍याउने उदेश्य रहेको बताए ।
लमिनारको शोरुमले गुृणस्तरीयको पहँुच बृद्धि गरि व्यवस्थित निर्माणमा टेवा पुग्ने उनको विश्वास थियो ।
उद्घाटन पछि सिद्धार्थ मार्बल हाउस प्रालिका निर्देशक रामबहादुर खड्काले समय संगै ग्राहकको रुची चाहाना तथा सोच आधुनकि बन्दै गएको हुँदा समय सुहाउँदो गुणस्तरिय टायल, मार्बल लगाएतका सामाग्री अब दाङका साथै सल्यान, रोल्पा, रुकुम, प्यूठान र सुर्खेत लगाएका पहाडी जिल्लाहरुमा उपलब्ध हुने बताए । सिद्धार्थले यसअघि नै ती जिल्लाहरुमा आफ्ना शोरुमहरु बिस्तार गरि हार्डवयरसम्बन्धी सामाग्री बिक्रि बितरण गर्दै आएको छ ।

निर्दैशक खड्काले आज सबैलाई देखिने मात्र नभइ टिकाउ र भरपर्दौ सामान चाहिने हुँदा त्यो आवश्यकता लमिनारले पूरा गर्ने विश्वास ब्यक्त गरे ।

लमिनार टायर नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड मान्ने गरिन्छ ।
तुलसीपुर शोरुममा लमिनारका विभिन्न प्रकारका टायल उपलब्ध छन । एन्टिब्याक्टेरियल सतह भएका टायल (जर्म सेफ) फुलबडी कलेक्सन (सेन्टो) र विभिन्न सतहका टायल अब तुलसीपुरमै पाइने कम्पनीले जनाएको छ । यो टायलको सतह विभिन्न प्रयोगका लागि उपयुक्त हुने कम्पनीको दाबी कम्पनीको छ । लमिनार टायल विशेषगरी उच्च सरसफाइ आवश्यक हुने स्थानमा थप उपयोगिता हुने कम्पनीले जनाएको छ ।

लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुँदै आएका छन् । बर्दियामा साझेदारीमा चार सय करोड भन्दा बढी लगानीमा १३ बिगाहा क्षेत्रफलमा लमिनार टायलको कारखाना संचालन हुँदै आएको छ । यो टायल नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्छ ।
जस्को बिषेशता कम पानी सोस्ने र बलियो हुने दाबी कम्पनीको छ । घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक ठाउँमा यो टायल ढुक्कले प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *