२०८३ बैशाख २५ गते शुक्रवार

मुख्यमन्त्री कँडेलले भने – सुकुम्बासीमाथिको ज्याजती बन्द गरियोस


दाङ, बैशाख २५ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन ।
शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसलाई सम्बोधन गर्दै कडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन जनता माथि हुँदै आएको ज्याजती बन्द हुनुपर्ने बताएका हुन ।
लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको भन्दै उनले संघीय सरकारको बिरोध गरे ।
वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको भन्दै तत्काल डोजर आतंक बन्द हुनु पर्ने उनले बताए ।
‘लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,’ उनले भने, ‘जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन ।’
मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नु उचित हुने बताएका थिए ।
उनले झण्डै दुई तिहाई बहुमत सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नु पर्ने जोड दिए ।
रास्वपाले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै उनले सकुमबासी माथि हुँदै आएको ज्याजदी बन्द हुनुपर्ने बताएका हुन ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *