काठमाडौं ,बैशाख १० । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला १८ सय रुपैँयाले घटेको हो ।
यो सँगै अज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै एक चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेको हो ।
यससँगै आज चाँदी ५ हजार २० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार