२०८३ बैशाख १२ गते शनिवार

हेमराज धिताल हत्या काण्ड : ९ वर्षसम्म अनुसन्धान मै सिमित

तस्बिर : राजेश खत्री

यमकला भुसाल,
तुलसीपुर, साउन ६ । दाङका सञ्चार उद्यमी देविप्रसाद धिताल(हेमराज)को हत्या भएको ९ वर्ष पुरा भएको छ । धितालको २०६७ साल साउन ६ गते अपरान्ह सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हेमनगरमा एक अपराधिक समुहले गोली हानेर हत्या गरेको थियो । नीजि मोटरसाईकलमा पुर्खेली गाउँ उरहरी हुँदै तुलसीपुरस्थित घर तर्फ आउने क्रममा सडक खण्डमै ढुकेर बसेको नकापधारी समुहले धिताल मथि गोली प्रहार गरेको थियो । तुलसीपुरस्थित अस्पताल पुर्याए लगतै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

धिताल हत्या काण्डको ९ बर्ष पुग्दा समेत उनको हत्याको कारण र हत्यारा पत्ता नलाग्दा परिवार जन त्रासमा बाँचिरहेका छन् । सालिन्दा परिवार जनले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गर्दै आएका छन् ।

देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले सोमवार तुलसीपुरमा आयोजना गरेको ९ औँ स्मृति कार्यक्रमका बक्ताहरुले पनि ९ वर्षसम्म पनि धितालका हत्या पत्ता लगाउनुले त्रास व्याप्त रहेको बताए । प्रहरी प्रशासनकै अनुसन्धानमा आशंका गर्नुपर्ने स्थिति आउन थालेको बक्ताहरुले बताए ।

‘यस अघिपनि हत्यारा पत्ता लगाउछौँ भनेर नेतादेखि मन्त्री सम्मले आश्वासन धेरै दिए,तर आजसम्म ती सबै आश्वासन मै समित छन,’– स्वंर्गीय धितालकी पत्नि मञ्जु धिताले भनिन् ।

‘हत्या भएको आज ९ वर्ष भैसक्यो,हत्यारा पत्ता लगाउनु त परै जावोस प्रहरीले सार्वजनिक गरेको फाइल अनुसन्धान मै राखेको छ,यसलाई सार्वजनिक गर्न सकेको छैन ।’

देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले ९ वर्ष सम्म पनि स्वंर्गीय धितालको हत्यारालाई राज्यले कानुनी दायरामा ल्याउन नसक्दा परिवारका सदस्यले सबैलाई हत्यारा देख्ने परिस्थिति उत्पन्न भएको हुँदा अविलम्ब प्रहरीले अनुसन्धानमा सक्रियाता देखाउन जरुरी रहेको बताए ।

‘स्वर्गीय हेमराज धिताल एउटा क्षमतावान,समाजले आसा गरेको व्यक्ती हुनुन्थ्यो । आज उहाँको हत्या भएको ९ वर्ष पुग्दा समेत हत्यारा पत्ता नलगाग्नु एउटा दुःखद कुरा हो । उक्त घटनालाई जगाउनका लागी सबै क्षेत्रका व्यक्तीहरु एक भएर लाग्न जरुरी छ,’ सांसद केसीले भने ।

स्वंर्गीय धितालको हत्यारा पत्ता लगाउने सबैको दायित्ब हुने बताएका उनले सबै नागरिक लागे अपराधि छिटै पत्ता लगाउन सकिने उनको तर्क थियो । सरकारको तर्फबाट अपराधिलाई कानुनी दायरामा ल्याउने कुरामा कुनैपनि कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जहिलेसम्म नागरिकलाई शान्ति सुरक्षा छ भन्ने महशुश गराउन सकिदैन तबसम्म देशका कुनै पनि नागरिकले न्यायको महशुस गर्न नसक्ने तर्क गरे । उनले भने ‘म दाङमा आएको ९ महिना भैसक्यो तर आजसम्म यस विषयमा कसैले केही चासो देखाएको पाइन, न प्रतिष्ठानका व्यक्तिले न स्वर्गीय धितालको परिवारले । ३ दिन पहिले मात्र यस घटनाको विषयमा थाहाँ पाए । यसमा सबैले निरन्तर चासो दिन आवश्यक छ ।’

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले देशमा थुप्रै कानुहरु बने पनि परम्परागत ढगंले आफुहरु काम गर्ने अवस्था हुदाँ अपराधि पत्ता लगाउन गा¥हो भएको तर्क गरे । आशंकाको भरमा कसैलाई प्रक्राउ गर्न नमिल्ने भएपनि धितालको हत्याराको पहिचान गरि कानुनी दायरामा ल्याउन प्रहरी लागि रहेको उनले बताए ।

समाजको चरित्रमा जबसम्म सुधार आउदैन तवसम्म समाजमा सुरक्षित परिस्थिति निर्माण नहुने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सविन प्रियासनले सञ्चार उद्यमी धितालको घटनालाई गम्भीर रुपमा लिएर प्रहरी प्रसासन लाग्नुपर्ने आग्रह गरे ।

रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरीले स्वंर्गीय हेमराजले तुलसीपुर क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै धिताल हत्याकाण्डलाई सत्य तथ्य रुपमा छानविन गरि जति हुन्छ छिटो बाहिर ल्याउन सुरक्षा निकाएलाई आग्रम गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुलोचना गौतम,महिला अधिकारकर्मी सुष्मा गिरी,अधिकारकर्मी निर्मल नेपाली,अपागं समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमाकान्त कडेल,जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी,तुलसीपुर उद्योग वाणिज्य सघंका दुर्गा भण्डारी,त्रिशिद्धेश्वरी यातयात प्रालिका सचिव नारायण न्यौपाने,राप्रपाका नेता लालबहादुर केसी,नेकपाका जिल्ला कमिटी सदस्य पदम केसी,तुलसीपुर उपमहानगरपालिका वडा न्ं ६ का अध्यक्ष नवराज लामिछाने लगाएतले धितालका हत्यारा अविलम्ब पत्ता लगाउन प्रहरीले थप सक्रियता देखाउन आवश्यक रहेको बताएका थिए ।

त्यसक्रममा यातयात व्यवसायी प्रेमबहादुर बस्नेत,चालक केशव बहादुर भण्डारी,अधिकारकर्मी निर्मल नेपाली,पत्रकार सर्मिला डिसी,प्रेम राम्जा,यस वर्षको एसइइमा गुरु जजुर मावी रक्षाचौरबाट ३.१५ जिपिए ल्याउन सफल दृष्टिविहिन कल्पना विक र गुरु जजुर मावीलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका सचिव महेन्द्र लामिछाने स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन सदस्य मोहनप्रसाद धितालले व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सुसील बस्नेतले गरेका हुन ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *