२०८३ असोज ६ गते मङ्गलवार

नयाँ कर नीतिको विरोधमा दाङमा व्यापारीको प्रर्दशन


दाङ,साउन ५ । सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा जिल्लाका व्यापारीहरुले मौन प्रर्दशन गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आइतवार मौन जुलुस प्रर्दशन गर्दै व्यापारीको टोली जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको थियो ।

घोराहीस्थित दाङ उद्योग वाणिज्य संघमा भेला भएर जिल्ला भरका व्यापारीले मौन जुलश पर्दशन गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिए । ज्ञापन पत्रमा सरकारले ल्याएको कर नीति व्यवहारिक नभएको हुँदा त्यो कार्यान्वयन हुन नसक्ने भन्दै फिर्ता लिन मा गरिएको छ ।

सचिव केसीले सरकारले हचुवाको भरमा अव्यवहारिक कर नीति ल्याएको हुँदा विरोध गर्नुपरेको तर्क गरे । नीजि क्षेत्रलाई खुल्ला र सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको साटो सरकारले उल्टो नियम, कानुन र ऐन ल्याएर नीजि क्षेत्रलाई धारासायी बनाउन खोजेको उनको आरोप छ ।

निजी क्षेत्रको सुझावअनुसार उद्योग, व्यापार र व्यवसायको पक्षमा हुने गरी व्यहारिक तवरले कर नीति ल्याउन उद्योग वाणिज्य संघले माग गर्दै आएको छ । साउन १ गतेदेखि लागू भएको नयाँ कर व्यवस्थालाई तत्काल स्थगन गर्न माग गर्दै देशै भरका व्यापारीहरु आन्दोलित भएका छन् ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *